लिस्वन ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको आसन्न निर्बाचन अन्तर्गत अल्गार्भ क्षेत्रमा निर्बाचन स्थगित भएको छ ।
संघको निर्वाचनमा लिस्बन, अलेन्तेजो, अल्गार्भ र नर्थ गरी ४ क्षेत्र छुट्याईएको थियो। अल्गार्भ क्षेत्रमा ३ बुथ राखिएका थिए।
अल्गार्भमा मतदान स्थानको बारेमा बिबाद भएपछि त्यस क्षेत्रको निर्बाचन स्थागित भएको निर्बाचन समितिका संयोजक रमेश कुमार गुरुङले बताएका छन्।
गैर आवासिय नेपाली सघं पाेर्तुगलकाे निर्वाचन २०२१-२३ को लागि कुल मतदाता संख्या १६८८ मध्ये लिस्बोनमा कुल मतदाता संख्या १०७० रहेको छ ।
अहिले दिउसो १२ बजे सम्म १२० जना मतदाताले मतदान गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।
लिस्बोन बाहेक अन्य ३ स्थान अलेन्तेजो,अल्गार्भ नर्थ ( पोर्तो र कोयेम्ब्रा ) मध्ये अल्गार्भ मा मतदान स्थानको विवादको बिषयले गर्दा निर्वाचन स्थगित नै गर्नु परेको छ भने अलेन्तेजो र नर्थ ( पोर्तो र कोयेम्ब्रा ) को मतदान विवरण अझै प्राप्त नभएको जानकारी निर्वाचन समितिले दिएको छ।
#InUpdate