लिस्बन।
पोर्चुगलमा रगत अभाव भएपछि पोर्चुगिज फ़ेडिरेशन अफ वोलनटरि ब्लड डोनर्सले रक्तदान गर्न आग्रह गरेको छ।
अगस्तमा पोर्चुगिज नागरिकहरु बिदा मनाउन जाने भएकोले बिदामा जानुभन्दा पहिले स्वैक्छिक रक्तदान गरेर जान आग्रह गरेको हो।
पोर्चुगलमा अहिले O-, A- र B – रक्तसमुहको रगत अभाव भएको छ।
पोर्चुगिज फ़ेडिरेशन अफ वोलनटरि ब्लड डोनर्सका सभापति अल्बेर्तो मोताले स्वैच्छिक रक्तदान अनि नै महत्वपूर्ण रहेको र यसले धेरैले नयाँ जीवन पाउने बताएका छन्।
फ़ेडिरेशनका अनुसार १८ बर्ष माथिका र ५० किलो माथि वजन भएका स्वास्थ्य नागरिकहरुले रक्दतान गर्न सक्दछन्।
पोर्चुगलका अस्पतालहरुमा दैनिक रुपमा १००० पिन्ट रगत खपत भईरहेको र रगतको आपूर्ति रक्तदाताहरुबाट भईरहेको फ़ेडिरेशनले जनाएको छ।