नेपाली नारी समाज पोर्चुगलले तिज मनाउने !

लिस्बन।

नेपाली नारी समाज पोर्चुगलले यो बर्ष तिज कार्यक्रम मनाउने भएको छ। समाजले कोरोनाको जोखिमबाट बच्ने उपाय अपनाउदै यसवर्ष तिज मनाउन लागेको जनाएको छ।

यो बर्ष समाजले तिज कार्यक्रम हलभित्र मनाउने भएको छ। कार्यक्रम हल भित्र प्रवेश गर्नुअघी तापक्रम चेक हुने, अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, सेनेटाइजरले हात धोएर मात्र हल भित्र प्रवेश गराउने समाजले जनाएको छ । सांगीतिक कार्यक्रम चलिरहदा सबै एकै ठाँउमा भेला भइ नृत्य गर्न नपाउने तर ८/१० जनाको ग्रुप बनाइ सामुहिक नृत्य गर्न भने पाइने समाजले बताएको छ ।

धर्म संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने उद्वेश्यले समाजले कार्यक्रम गर्न लागेको समाजकी कार्यबाहक अध्यक्ष ज्योत्स्ना अधिकारीले बताएकी छिन् ।तिज कार्यक्रम समाजको वार्षिक कार्यक्रम अन्तर्गत पर्ने बताउदै उनले सुरक्षाको मापदण्ड अपनाउदै र पोर्चुगल सरकारको नियमलाई मध्यनजर गर्दै कार्यक्रम गरिने बताइन् ।

४ सेप्टेम्बर शनिबार ३ बजेबाट शुरु हुने “तिज विशेष कार्यक्रम” मा मेडिकल सामाग्री सहितको टोली रहने समाजकी महासचिव पुनम गौतमले जानकारी दिइन् ।

मर्तिम मोनिजमा रहेको “चिचिपापा स्न्याक बार”मा आयोजना गर्न लागिएको कार्यक्रम नेपाली नारी समाज पोर्तुगलले यहाँ बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दिदिबहिनीहरुको माइतीको आँगन भएको बताउदै समयानुकूल मिलाएर उपस्थित भई नाच्नको लागि सबै दिदिबहिनीहरुलाई समाजले अनुरोध गरेको छ।

समाजले सो दिन कुनैपनी कार्यक्रम नजुधाइ कार्यक्रम सफल बनाउन सहयोग गरिदिनुहुन पोर्तुगलमा रहेका सम्पूर्ण संघ-संस्थालाई आग्रह समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार