मन्त्रिपरिषद् विस्तारको लागि प्रधानमन्त्री देउवाले अब भदौ २४ गतेसम्म पर्खने

काठमाडौं।

प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ २४ गते नै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । गठबन्धनमा आवद्ध दलका कारण सरकारलाई पूर्णता दिन रोकिएका देउवा अब भने भदौ २४ गतेभन्दा उता पर्खन नसक्ने भएका हुन् । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले भदौ २२ गतेसम्म मन्त्रिपरिषद् विस्तार नगर्न भनेका थिए ।

प्रधानमन्त्री देउवालाई भेटेरै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि माधव नेपालको बाध्यता बुझिदिन आग्रह गरेका थिए । गठबन्धनको किचलोको कारण जनस्तरबाटै आलोचना खेपिरहेका प्रधानमन्त्री देउवा अब भदौ २४ गतेभन्दा उता नकुर्ने निश्कर्षमा पुगेका छन् ।

यो बीचमा देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग पनि सम्बन्ध सुधारको लागि प्रयास गरेका छन् । उनले कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पठाएका थिए । खासगरी उक्त भेटमा एमसीसी पारित गराउनेबारे छलफल भएको बताईएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार