गाउँ खाने कथा नेपाली जनजिब्रोमा चलिआएको ज्ञानगुनसम्बन्धी रमाइलो खेल हो । यो सुन्दाखेरी लय मिल्ने खालको हुन्छ। गाउँ खाने कथाको उत्तर दिन नसक्नेले सोध्नेलाई गाउँ दिनुपर्छ। त्यो गाउँको राम्रो कुरा आफ्नो र नराम्रो कुरा कथा भन्नेको भाग लगाएपछि सोध्ने मानिसले प्रश्नको उत्तर दिने प्रचलन रहेको छ।
हिँड्दै छ पाइला मेट्दै छ? = डुङ्गा
आकाशको आगो पतालको पानी मुखबाट ताने नाकबाट जाने = हुक्का तानेको।
अजङ्गे बाबु, बझाङे छोरो, कालो नाती सेतो पनाति = कटुसको फल।
आमा छाद्छे, छोरी खान्छे- गाग्रीबाट लोटामा पानी सारेको।
आमाको रगतमा छोरी पकाई खान्छु के हो? =तोरीको तेलमा तोरीकै साग पकाएको
एकखुट्टे धामी थरथरी कामी- जूको।
खाऊँ रोटी खाइनसक्नु, दाऊँ बहर दाइँनसक्नु, टेकौँ लौरो टेकिनसक्नु, – घाम, बाघ र सर्प।
तीन भाइको एउटै पगरी- ओदान।
धार्नी न बिसौली दुई हातले उचाली- टोपी।
पुड्के बाहुनको सिर्के चन्दन, के हो? – मासको गेडा
नखाऊँ भने दिनभरको शिकार खाऊँ भने कान्छा बाउको अनुहार = बाँदरको शिकार।
नौतले घरको झ्याल न ढोका, के हो? – बाँस
नाङ्लोभरि सुपारी, गन्नै नजान्ने व्यापारी = जून र तारा।
बीस तत्त्व एउटै घाउ यति कथा नजाने मुसा पोली खाऊ- गोरु जोतेको।
भुइँमा इऊँ इऊँ टिपी ल्याउनेलाई सय रूपेैयाँ दिऊँ- छाया ।
भए दिन्थेँ, छैन ; खाएर जा, के हो ?-लिँडे गाईको पुच्छर
यहाँ नाइँ त्यहाँ नाइँ बानियाँको बजारमा नाइँ, खोजी गए पाइँदैन आइँगए चाहिँदैन के हो? = भुँइँचालो
लिखितिखी लिखितिखी आमा भन्दा छोरी तिखी- जिरे खुर्सानी।
लेककी चरी औँलामा झरी च्यापमा परी भुतुक्कै मरी- जुम्रा मारेको।
वरपर गुट्टी माझमा घ्वाईं, यति कथा नजान्ने स्यालको ज्वाइँ। के हो? = दाँत र जिब्रो।
वारि भर्याङ पारि भर्याङ तेरो बाउको लुते करङ- बाँसको फड्के (सेतु)।
सेती गाई पानी खान गई फर्केर आउँदा राती भई = सेलरोटी पकाएको।
सेतो मान्द्रो कालो बिस्कुन मुखबाट तान्दा नाकबाट निस्कुन् = चुरोट खाएको।
हस्तवीरले सिङ्गवीरलाई पछार्यो- सिँगान फ्याँकेको।
माथिबाट आए सिंहराज शाही, तलबाट आए पाँचै भाइ, सिंहराज शाहीले पछराई पाई के हो? =सिँगान फालेको
लाटोले बाटोमा फाल्छ, बाठोले खल्तीमा हाल्छ के हो? =रुमालले सिँगान पुछेको
तामे नल फलामे फल के हो? = फापर
चाँदीको ठेकी स्याउलाको बिर्को = मूला
आफू छ काली, नाम भने राती।= रात (राति)
महिनाभरि झुन्डिएर बस्छ, फेरिएपछि अनुहार फेर्छ, के हो? = भित्ते पात्रो
जति तान्यो त्यति छोटो हुने, के हो? चुरोट
सानो सानो बोट चड्नमा गाह्रो ? = सिस्नो
आइगुजी पैगुजी पानी देखि दराइगुजी के हो ? = जुत्ता
सुत सुत बुरी ख्वात्ता हाल्छु के हो ?= जुत्ता लगाउनु