लिस्बन।
नेपाली महिला समाज पोर्चुगलले नेपाली महिलाहरुको महान चाड तीजको अवसरमा आज दर खुवाउँदै तीज मनाउने भएको छ ।
समाजले पोर्चुगलमा रहेका नेपाली दिदीबहिनीहरुको विशेष जमघटमा आज सेप्टेम्बर ५ तारिख आइतबार लिस्बनमा तीज मनाउन लागेको हो।
महिला समाज पोर्चुगलमा रहेका सबै नेपाली चेलीहरुको साझा थलो भएकोले समाजले आयोजना गरेको दर तथा तीज कार्यक्रममा सहभागी हुन समाजकी अध्यक्ष माया खरेलले आग्रह गरेकी छिन्। कार्यक्रममा खानपानको साथै गीत, संगीत र नृत्य समेत रहेको आयोजकहरुले जनाएका छन् ।
लिस्बनस्थित Praca de Espanha को ओक मुन्डु रेस्टुरेन्ट (Wok mundo Restaurant) मा आज बेलुका ६ बजेदेखि राति १० बजेसम्म कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
कार्यक्रम उपस्थितिकालागि समाजले सबै दिदिबहिनी र दाजुभाइहरुलाई समेत अनुरोध गरेको छ ।