काठमाडौं ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या १० हजार ९०३ पुगेको छ ।
त्यस्तै, २४ घण्टामा १२ सय ७१ जना संक्रमित थपिएका छन् । ११ हजार ९४४ जनाको नमूना परीक्षण गर्दा १२ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो ।
भेन्टिलेटरमा १३९ जनाको उपचार भइरहेको छ भने आईसीयूमा ४४५ उपचाररत छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ छ ।