काठमाडौं ।
बलीउड कलाकार अनुपम खेरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।
खेरले आज विहान मन्दिर दर्शन गरेका हुन् ।
उनले पशुतिमा हिडिरहेकाे एक भिडियो सार्वजनिक गर्दै पशुपतिनाथको दर्शन गरेकाे जानकारी दिएका छन् ।
उनले लेखेका छन् ‘पशुपतिनाथ जी को प्राचीन मन्दिरमा दर्शन गरीयो।’
फिल्मको सुटिङका लागि नेपाल आएका खेरले मन्दिरको दर्शन गर्दे सबैको राम्रो स्वास्थ्य र शान्तिको लागी कामना गरेको बताएका छन् ।
उनले टुइटरमा थप लेख्छन् ‘यो भगवान शिव मन्दिर ५ औं शताब्दी मा बनाइएको थियो ११ लाखौं भक्तहरु यहाँ दर्शन गर्न आउँछन् ! जय भोलेनाथ !!