लुसा, भिलामोरा।
दुई बेलायती नागरिकले पोर्तुगाली प्रहरीलाई कुटपिट गरेका छन्।
आइतवार बिहान भिलामोरामा भएको सो घटनामा पोर्तुगाली प्रहरीको हात नै भाँचिएको छ।
उनीहरुको शरीरको अन्य भागमा समेत चोटपटक लागेको अधिकारीहरुले जनाएका छन्।
प्रहरीलाई कुटपिट गर्ने दुबै बेलायती नागरिक अहिले प्रहरी हिरासतमा छन्।
जिएनआर प्रहरीमाथि कुटपिट गर्ने बर्ष २५ र ३२ का दुबै बेलायती नागरिकहरु भिलामोरा क्यासिनोमा बिनामास्क प्रवेश गर्न लाग्दा सेक्युरिटी गार्डले रोकेपछि बिबाद शुरु भएको थियो। उनीहरुलाई शान्त पार्न प्रहरीलाई बोलाईयो र घटनास्थलमा पुगेका प्रहरीले सम्झाउन खोज्दा अराजक बनेका उनीहरुले प्रहरीमाथि नै आक्रमण गरेका थिए।
घटना शान्त पार्न प्रहरीले ३ राउण्ड हवाई फायर समेत गर्नुपर्नेको अधिकारीहरुले जनाएका छन्।
पक्राउ परेका दुवै बेलायती नागरिकहरुलाई अदालतमा उपस्थित गराईएको छ।