पोर्चुगलमा फेरी लकडाउन : क्रिसमस र नयाँ बर्षका लागि प्रधानमन्त्री कोस्ताद्वारा नयाँ कडा कानुनको घोषणा !

लिस्बन।

पोर्चुगलमा कोरोना संक्रमित र मृतकको संख्यामा निरन्तर वृद्धि र क्रिसमस र नयाँ बर्ष जस्ता चाडपर्व आएसंगै सरकारले लकडाउन घोषणा गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठक पश्चात पत्रकार सम्मेलनमा पोर्तुगाली प्रधानमन्त्री एन्तोनियो कोस्ताले सरकारले क्रिसमस र नयाँ बर्ष जस्ता चाडपर्वमा मानिसहरुको खुल्ला हिडडुल र आवतजावत नियन्त्रण गर्दै नयाँ कानुन सहित लकडाउन गरेको बताएका छन्।

प्रधानमन्त्री कोस्ताले भने , ” हामीले कोरोना बिरुद्धको युद्ध अझै जितिसकेका छैनौ। क्रिसमस र नयाँ बर्षजस्ता चाडपर्वहरुमा कम भन्दा कम जमघट र भिडभाड गर्न आग्रह गर्दछु। आफ्नो ज्यानको रक्षा गर्न एकदमै नजिकको परिवारभित्र मात्रै भेटघाट गर्न अनुरोध छ। ”

के के भए लकडाउन कानुनमा परिवर्तन ?

– नयाँ बर्षको पुर्वसन्ध्यामा सडकमा १० जनाभन्दा बढीको समुहमा हिड्न नपाउने !
– सार्वजनिक स्थल र सडकमा १० जना भन्दा बढीको समुहमा भेला हुन नपाउने।

– निशुल्क कोरोना परिक्षणमा वृद्धि :

सरकारले कोरोना बिरुद्धको लडाईमा अब हरेक नागरिकले निशुल्क गर्न पाउने मासिक कोरोना परिक्षणको संख्यामा वृद्धि गरेको छ। अहिलेसम्म नागरिकले आफुलाई शंका लागेमा प्रत्येक महिना ४ पटकसम्म निशुल्क परिक्षण गर्न पाउने सुविधामा वृद्धि गर्दै ६ पटकसम्म निशुल्क परिक्षण गर्न पाउने बनाएको छ।

निशुल्क कोरोना परिक्षणको सेवा एक हजार ४० फार्मेसीहरुले दिदै आएका छन्। त्यस्तै कोरोना बढेसंगै थप ४५४ प्रयोगशालाले पनि यो सुबिधा प्रदान गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री कोस्ताले जानकारी दिए।

– २५ डिसेम्बर २०२१, शनिवारदेखि ९ जनवरी २०२२ सम्म डिस्को र बारहरु पूर्णरुपमा बन्द रहने : प्रधानमन्त्री कोस्ताले भने ” २५ डिसेम्बर २०२१, शनिवारदेखि ९ जनवरी २०२२ सम्मको बन्दको अवधिमा सरकारले “ले अफ ” को सुबिधा दिनेछ। त्यस्तै निश्चित खर्चको व्यवस्था समेत सरकारले आकस्मिक राहत कोष मार्फत गर्नेछ। ”

– २५ डिसेम्वरबाट “रिमोट वर्किङ्” अनिवार्य।

– सबै खेलकुद र सांस्कृतिक कार्यक्रममा कोरोना परिक्षणको नेगेटिभ नतिजा अनिवार्य।

– डे केयर सेन्टरहरू र फुर्सदको समय कार्यशालाहरू (ATL) २५ डिसेम्बर देखि ९ जनवरीसम्म बन्द।

– व्यापारिक प्रतिष्ठानहरुमा प्रति ५ वर्गमिटर १ व्यक्तिका दरले मात्रै प्रवेश गर्न पाइने।

– नयाँ बर्षको पुर्वसन्ध्या भोजहरु , क्यासिनो र रेस्टुरेन्टहरुमा प्रवेश गर्न कोरोना परिक्षणको नकारात्मक नतिजा अनिवार्य चाहिने छ। यो नियम २४, २५ ३० र ३१ डिसेम्बर र १ जनवरीका लागि लागु हुनेछ।

– होटेल, होस्टेल र आवास व्यवसायिक प्रतिष्ठानमा प्रवेश गर्न र पारिवारिक उत्सवहरू जस्तै बिवाह, नामाकरण आदिमा उपस्थित हुन पनि कोरोना परिक्षणको नकारात्मक नतिजा अनिवार्य चाहिने।

– १० जना भन्दा बढी भेला हुन नपाईने।

– सार्वजनिक स्थल र सडकमा मादक पदार्थ सेवनमा निषेध !

# InUpdate

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार