लिस्बन।
पोर्चुगल प्रहरीले मानव तस्करीका ५५६ अपराधहरु दर्ता गरेको छ। प्रहरीका अनुसार बेजा र लिस्बन मानव तस्करहरुको हव बन्दै आएको छ।
मानव तस्करीका यी अपराधका घटनाहरु पछिल्लो १२ बर्षमा पोर्चुगलमा दर्ता भएका हुन्।
मानव बेचबिखनको अवलोकनशालाले सन् २००८ देखि २०२० को बिचमा पोर्चुगलमा ” मानव तस्करी र न्याय बुलेटिन” प्रकाशित गरेपछि सो तथ्यांक बाहिरिएको हो। उसका अनुसार मानव तस्करीका सबैभन्दा बढी अपराध २०१९ मा दर्ता भएका थिए।
अब्जर्भेटरीले सन् २००८ देखि २०२० सम्ममा मानव बेचबिखनको परीक्षण चरणमा जम्मा ५२ आपराधिक मुद्दा र २३४ प्रतिवादी रहेको खुलासा गरेको छ ।
बुलेटिनका अनुसार उक्त अवधिमा मानव बेचबिखनको अपराधमा ट्रायल चरणमा भएका फौजदारी मुद्दाहरूमा १२६ प्रतिवादी दोषी ठहर भएका थिए, जसमध्ये ६३ जनालाई जेल र ४४ जनालाई प्रोबेशनको सजाय सुनाइएको थियो भने ८७ जनालाई प्रमाणको अभावमा सफाइ दिइएको थियो।