लिस्बन।
एम्प्रेसा पोर्तुगुएसा दास अगुअस लिवरेस ( EPAL ) ले फेब्रुअरीदेखि लागुहुनेगरी घरेलु ग्राहकहरूको लागि पानीको मूल्य प्रति महिना नौ सेन्टले बढाएको छ।
EPAL ले दिएको जानकारी अनुसार, “2022 को लागि EPAL को नयाँ ट्यारिफ स्वीकृत भएको छ र प्रत्यक्ष ग्राहकहरुको लागि १ फेब्रुअरी देखि लागू हुनेछ”।
लिस्बन सहरमा पानी आपूर्तिको लागि जिम्मेवार कम्पनी EPAL ले आफ्नो बिज्ञप्तिमा भनेको छ , “नयाँ शुल्कहरू ३० डिसेम्बरको डिक्री-कानून १२४/२०२१ मा स्थापित सुसंगत उपभोक्ता मूल्य सूचकांकको पूर्वानुमान अनुसार अद्यावधिक गरिएको छ। ”