लिस्बन।
पोर्चुगलबाट नेपाल फर्किन लागेका एक नेपाली लिस्बन एयरपोर्टबाटै हराएका छन्।
पोर्चुगलको बसाइलाई बिट मार्दै लिस्बन एयरपोर्टबाट नेपाल फर्किन लागेका चितवन राप्तिनगर घर भएका नमराज सिलवाल नेपाल फर्किने क्रममा सम्पर्कविहीन भएका हुन्।
पोर्चुगलको फारोमा बस्दै आईरहेका ३३ बर्षीय सिलवाल टर्किस एयरलाइन्सको १६:४५ को TK 1760 बिमान मार्फत ११ फेब्रुअरी २०२२ मा नेपाल फर्किदै थिए।
एयरपोर्टमा पुगेर “चेक इन” गर्न कुरिरहेका उनि क्यास मेसिनमा पैसा झिक्न गएपछि एकाएका सम्पर्कविहीन भए। त्यसयता उनि परिवार र आफन्तजन कसैको पनि सम्पर्कमा छैनन्।
सम्पर्कविहिन भएका सिलवालको खोजि कार्य गरिदिन नेपालबाट उनका परिवारले आग्रह गरेका छन्। यता सिलवाल एयरपोर्टबाटै हराएपछि पोर्चुगलको नेपाली समुदाय समेत चिन्तित बनेको छ।
सिलवाल हराएको खबर स्थानीय प्रहरीलाई समेत गरिसकिएको छ। प्रहरीले पनि सिलवालको खोजि कार्यमा समुदायसँग सहयोग मागेको छ।
श्रोतका अनुसार सिलवाल डिप्रेशनको शिकार भएकोले सधैका लागि नेपाल फर्किन लागेका थिए।
सिलवाललाई देख्नुहुने माहानुभावले नजिकको प्रहरी कार्यालय, कुनै पनि नेपाली संघसंस्थाका प्रतिनिधि, नेपाली कन्सुलेट तथा निम्न व्यक्तिलाई खबर गरिदिन हुन् आग्रह गरिएको छ।
रविन अधिकारी : ९३१७६७९२१
नेपाली कन्सुलेट लिस्बन :९६९१९०९१९