लिस्बन।
युक्रेनमा फेब्रुअरी २४ बाट सुरु भएको सशस्त्र द्वन्द्वको असरबाट पीडित लाखौं जनतालाई ध्यानमा राख्दै एम्नेस्टी इन्टरनेसनल पोर्चुगलले लिस्बनस्थित रुसी दूतावास अगाडि बिरोध प्रदर्शन गर्ने भएको छ।
एम्नेस्टी इन्टरनेसनल पोर्चुगलले लिस्बनस्थित रुसी दूतावास अगाडि मार्च १९ मा दिउँसो ३ः३० बजे बिरोध प्रदर्शन आयोजना गरेको छ ।
युक्रेनमा रुसको आक्रमण संयुक्त राष्ट्र संघको बडापत्रको स्पष्ट उल्लङ्घन र आक्रामक कार्य भएको र अन्तर्राष्ट्रिय कानून अन्तर्गत अपराध भएको एमनेष्टीको ठहर छ।
एक बिज्ञप्तिमा एम्नेस्टी इन्टरनेसनल पोर्चुगलले भनेको छ , ” हामी सँगै मिलेर रूसी अधिकारीहरूलाई दबाब बढाउनेछौं ताकि यो आक्रमण तुरुन्तै अन्त्य होस् र सबै मानिसहरूको जीवन सुरक्षित होस्।
बिज्ञप्तिमा अगाडी भनिएको छ , “हामी समानुभूतिमा एकजुट हुनेछौं र यो द्वन्द्व अन्त्य गर्न तत्काल र निर्णायक कार्यको चाहना राख्नेछौं।”
एम्नेस्टी इन्टरनेसनल पोर्चुगलले उक्त बिरोध प्रदर्शन कार्यक्रममा उपस्थित भईदिन सबै मानवअधिकारवादीहरुमा आग्रह समेत गरेको छ।