लिस्बन।
पोर्चुगलमा मानव तस्करी तथा बेचबिखनका घटना ४० प्रतिशतले वृद्धि भएको. तथ्यांक आन्तरिक प्रशासन मन्त्रालयले सार्वजनिक गरेको छ।
सन् २०२१ मा मात्रै पोर्चुगलमा मानव तस्करी तथा बेचबिखनका ३१८ घटनाहरू फेला परेको रेकर्ड छ। यो गत वर्ष २०२० को तुलनामा झन्डै ४० प्रतिशतले बढी हो।
आन्तरिक प्रशासन मन्त्री एडुआर्डो क्याब्रिताले खुलासा गरे कि , ” २०२१ मा मानव बेचबिखनको लागि पर्यवेक्षकले बेचबिखनका पीडितहरूबाट ३१८ उजुरीहरु प्राप्त गरे।
यी मध्ये ३०८ जना पीडितहरू पोर्चुगलमा नै रहेका थिए। २०२० को तुलनामा यो संख्या ८९ ले बढी हो। ”
पोर्चुगलमा मानव तस्करी तथा बेचबिखनका धेरैजसो घटना श्रम र पुरुषको शोषणका लागि हुने गरेको छ।
यौन शोषणका लागि मानव बेचबिखनका सम्बन्धमा मन्त्री क्याब्रिताले भने कि ” यौन शोषणका लागि मानव बेचबिखनका थोरै घटनाहरू फेला परेका छन्, जसमा मुख्यतया मध्य र पूर्वी युरोपका देशहरूका महिलाहरू समावेश छन्, जो युरोपेली संघको सदस्य छैनन्।”
“यौन शोषण पीडितहरूका लागि रोकथाम, सहायता, संरक्षण र (पुनः एकीकरणको प्रणालीमा सुधार) ” परियोजनाको सन्दर्भमा मन्त्रीले जोड दिदै भने , यो पहलले यो घटनालाई “प्रतिबिम्बित गर्न, बुझ्न र लड्न निश्चित रूपमा मद्दत गर्नेछ ” ।