लिस्बन।
चितवन समाज पोर्तुगल दोश्रो अधिवेशनको तयारीमा जुटेको छ। समाजले १ अगस्त सोमबार दोश्रो अधिबेशन गर्ने निर्णय गेरको छ।
अधिबेशन निर्धारित मितिमा दिनको ठीक ३ वजे शुरु हुने संयोजक रबि आर्यालले भ्वाइस अफ नेपाललाइ जानाकारी दिए।
उक्त अधिबेशन पूर्व सूचना अनुसार बेलाबिस्ता पार्कमा गर्ने भनिएतापनि बिशेष कारणवास ओदान रेस्टुरेन्टमा सम्पन्न हुने बताईएको छ।
पोर्चुगललाई कर्मथलो बनाएका सम्पूर्ण चितवन निवासी नेपाली समुदायलाई उपस्थित हुन समाजले आग्रह गरेको छ।
समाजले पोर्चुगलमा अनुमानित ६ हजार चितवनवासीहरु रहेको आँकलन गरेको छ। पोर्तुगलमा वस्दै आएका सवै चितवनवासी नेपालीहरूको पारस्परिक सम्बन्धलाई अझै मजवुद बनाउन समाजको स्थापना भएको संयोजक अर्यालले बताए ।
कार्यक्रम बिवरण :
मिति- अगस्ट ०१, २०२२
स्थान: ओदान रेस्टुरेन्ट , लिस्बन
समय: दिनको ठीक ३ वजे