गजल

पुष्पराजका गजलहरु


पुष्पराज जोशी/डडेल्धुरा

यतिसम्म यहाँ न्यायलय र प्रशासन भ्रष्ट छ।
यसो केही गर्लान कि भन्नेहरुको मन भ्रष्ट छ।

किन मौन छौ ए शासकहरु तिमी किन बोल्दैनौ
पैसामा बिक्ने नियत र न्यायको आँगन भ्रष्ट छ।

भ्रष्टाचारि नै छाती फुलाएर हिडछन शहरमा
यस्तो लाग्दैछ देशमा अख्तियार झन भ्रष्ट छ।

न्याय मरेको त छैन भन्यौं तर विश्वास गरु कसरी
सडक र सदन उस्तै बुझ्न सकिन के कारण
भ्रष्ट छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार