म्यानुअल पिजारो पोर्चुगलको नयाँ स्वास्थ्यमन्त्रीमा नियुक्त !

लिस्बन।

म्यानुअल पिजारो पोर्चुगलको नयाँ स्वास्थ्यमन्त्रीमा नियुक्त भएका छन्। भारतीय मुलकी एक गर्भवती पर्यटक महिलाको उपचारको क्रममा अस्पताल स्थान्तरण गर्ने क्रममा मृत्यु भएपछि तत्कालिन स्वास्थ्यमन्त्री मार्टा टेमिडोले राजिनामा दिएपछि सो पद रिक्त रहेको थियो।

पिजारो जोसे सोक्रेटको अन्तिम सरकारमा स्वास्थ्य राज्य सचिव थिए। पेशाले डाक्टर रहेका पिजारोको पूरा नाम डा. म्यानुएल फ्रान्सिस्को पिजारो डे साम्पायो ई क्यास्ट्रो हो। उनी जो २०१९ देखि युरो सांसद समेत रहेका छन् ।

सन् २००८-२०११ को बीचमा जोसे सोक्रेट्सको सरकारमा स्वास्थ्य राज्य सचिवको रुपमा काम गरेका म्यानुअल पिजारो फेरी एकपटक सरकारमा फर्किएका छन् ।

५८ वर्षिय पोजारोले आज साँझ बेलेम प्यालेसमा आयोजित एक समारोहमा सपथ ग्रहण गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार