चौधरी ग्रुपद्धारा पश्चिम नवलपरासीमा केरामा आधारित उद्योग दर्ता, त्रिपाठीद्वारा उद्योग शिलान्यास गर्न अवरोध गरेपछि स्थानीय युवाको आपत्ती

नवलपरासी ।

चौधरी ग्रुपले पश्चिम नवलपरासीमा केरामा आधारित उद्योग संचालन गर्न सीजी स्न्याक्स प्रा.ली उद्योग स्थापनाको काम सुरु गरेको छ । उद्योग स्थापना गर्न कम्पनी रजिष्ट्रारको कार्यालयमा उद्योग दर्ता भई संचालन अनुमति लिएको हो ।

उद्योग स्थापनाकालागी ग्रुपले पश्चिम नवलपरासीको सुस्तागाउँपालिकामा करिव पाँच विगाहा जग्गा खरिद गरेर उद्योग स्थापनाको काम थालेको छ ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले उद्योगको शिलान्यास गरि तत्काल निर्माणको काम सुरु गर्ने तयारी गरेका थिए । तर यस बिषयलाई नवलपरासी १ बाट उम्मेदवार रहेका जनता प्रगतिशिल पार्टीका नेता हृदयेश त्रिपाठीले अवरोध गरेका छन् । त्रिपाठीले यहाँ उद्योगको शिलान्यास गर्न नदिन प्रशासनसंग हार गुहार गरेका छन् । शिलान्यास गरिए त्यसको अवरोध गर्ने र चुनाव विथोल्ने समेतको धम्की दिएको प्रशासन स्रोतले जानकारी दिएको छ । त्रिपाठीले आफ्नो चुनावी सभामा समेत सीजीले उद्योग खोल्न नपाउने भन्दै सार्वजनिक रुपमै पनि अभिव्यक्ति दिदै आएका छन् । उद्योग खोल्न अवरोध गरेर त्रिपाठीले आफ्नो विकास विरोधी चरित्रलाई थप उदांगो बनाएको स्थानीयको भनाई छ । सुस्ता गाउँपालिका वडा नम्बर ४ का प्रमोद पाण्डेले भन्नुभयो ‘उहाँले आफू पनि केही गर्नुभएन र अरुलाई पनि गर्न दिन्न भन्नु आपत्तीजनक छ । हामीलाई यहि रोजगारी पाउने वातावरण बनाउने राजनीति चाहिएको हो ।’

यहाँ रोजगारको अवसर उपलब्ध नभएपछि लुम्बिनी प्रदेशमै यस क्षेत्रबाट सबैभन्दा धेरै युवा वैदेशिक रोजगारीमा गएका छन् । प्रतापपुर गाउँपालिका वडा नम्बर ७ का हरीजन चौधरी भन्नुहुन्छ‘ अहिले हरेक घरघरमा हेर्ने हो भने युवाहरु सबै विदेश छन् । लुम्बिनी प्रदेशमा सबैभन्दा बढि विदेश जानेमा यो जिल्ला नै पर्छ । यही उद्योग खुल्छ भने किन विरोध गर्ने ? कि विरोध गर्नेले हामीलाई रोजगारीको व्यवस्था मिलाउनु प¥यो ।’ चौधरीले भन्नुभयो ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले उद्योग विस्तार गर्ने काम तत्कालका लागि अवरोध गरिए पनि निर्वाचन लगत्तै अगाडी बढाइने बताउनुभयो । ‘यस क्षेत्रलाई हामीले औद्योगीक पार्कका रुपमा विकास गर्नेछौँ । यहाँ अन्य उद्योगहरु पनि विस्तार हुदै जाने छन् जसकाकारण धेरैभन्दा धेरै युवाहरुका लागी रोजगारीका अवसर र किसानका लागि उचित मूल्य पाउने वातावरण तयार हुनेछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार