बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका ५ कोटिलास्थित नन्देश्वरी माविमा रहेको मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत विन्देश्वरप्रसाद यादव बुधवार बीच बाटोमै कुटिएका छन् ।
मतदान गराउन हिडेका सहायक मतदान अधिकृत विन्देश्वरप्रसाद यादव बाजुराको पोरखे लेकमा कुटिए, गम्भीर चोट लागेका यादवमाथि कुटपिट गर्नेको खोजी जारी
घाइते अधिकृत यादवको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालमा उपचार भईरहेको छ । यादवको डाढ, खुट्टा र पिठिउँमा चोट लागेको छ । सदरमुकाम मार्तडीबाट एक दिनको पैदल दुरीमा रहेको उक्त मतदान केन्द्रमा जादै गर्दा पोरखे लेकमा यादव माथि कुटपीट भएको प्रहरीले जनाएको छ ।
आक्रमणकर्ताको पहिचान भने हुन सकेको छैन् । घटनामा संलग्नहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुरा प्रहरी नायव उपरीक्षक हरि ओलीले जानकारी दिनुभयो ।