गोरखा जिल्ला क्षेत्र नम्बर १ प्रदेश सभा “ख” का प्रदेश सभाका उम्मेदवार राजेन्द्र बजगाईंलाइ प्रदेशसभा सदस्यका लागि बहुमतले जिताउन १०२ बर्षे बयो बृद्द जयकृष्ण बगालेले मतदान गरि सुरुवात गरे । गोरखा जिल्ला भिमसेन गाउँ पालिका वडा नम्बर १ मसेलमा रहेको बिन्द्रावती मतादान केन्द्रमा बगालेले मतदान गरेका हुन् ।
त्यस्तै प्रदेश सभाका उम्मेदवार राजेन्द्र बजगाईंको आमाले हाँसी हाँसी आफ्नो छोरालाइ आइतबार बिहान मत हालेकी हुन् । आफ्नो छोरालाइ बहुमतले जितेको हेर्ने रहर भएको भन्दै म जस्तै सबै आमाहरुले छोरालाई भोट हालेर जिताउनेमा ढुक्क भएको बताइन्।