अनुहारमा दाग आएर हैरान हुनुहुन्छ ? यस्ता छन् अनुहार चम्काउने बनाउने घरेलु उपाय

अनुहारमा दाग आएर हैरान हुनुहुन्छ ? यस्ता छन् अनुहार चम्काउने बनाउने घरेलु उपाय

चम्किलो र आकर्षक अनुहार होस् भन्ने सबैको चाहाना हुन्छ । चम्किलो र आकर्षक अनुहार बनाउनको लागि मानिसले धेरै प्रयास पनि गरेका हुन्छन् । तर सजिलो, सुलभ र छोटो समयमै घरायसी सामग्रीको प्रयोगबाट अनुहारमा सुन्दरता ल्याउन सकिन्छ । अनुहार चम्काउने बनाउने घरेलु उपायहरु

मुसुरीको दालको धुलो बनाउने, यही धुलोले दिनको एक पटक मुख धुने । जसले गर्दा अनुहार चम्किलो हुन्छ । अनुहारमा चिल्लोपना, दाग, ससाना फोकाहरु छन् भने मुख धुनुअघि दैनिक कागतीको रस लगाउनाले छाला चम्किलो, गोरो हुनका साथै दागहरु हट्छन् ।

अनुहारमा धेरै कालो दाग वा चिल्लोपना आएको छ भने टमटरको लेदो बनाई लगाउनुस् । २० मिनेट राखेपछि सफा गर्दा अनुहारमा चमक बढ्नुका साथै कालो दाग हट्छ । अनुहारमा फोका वा चाउरी पना देखा परे मेवाको लेपन लगाई, १५–२० मिनेट राख्नुस् अनि सफा गर्दा अनुहार मुलायम हुन्छ र चमक पनि आउँछ ।अनुहारमा बढी नै चिल्लो आउँछ भने काँक्राको रस बनाएर लगाई १० मिनेट राख्नुस् र चिसो पानीले धुनुस् अनुहार धेरै राम्रो हुन्छ ।

आँखा वरिपरि कालो दाग छ भने आलुलाई मसिनो पारेर कोर्नुस् आँखाको माथिल्लो भागबाट वरिपरि लगाई १५ मिनेट जति राख्नुस् र सफा गर्दा वरिपरिको दाग हट्छ । यो प्रक्रिया ३०, ३५ दिन नियमित गर्नुपर्छ । मह र केरा मिसाएर १०, १५ मिनेट राख्नुस् अनि सफा गर्दा अनुहारमा ताजकिपन आउँछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार