‘ब्ल्याक फंगस’ का २ बिरामीको सफल उपचार टिचिङमा गरियो

महाराजगञ्जस्थित टिचिङ अस्पतालमा ‘ब्ल्याक फंगस’ (कालो ढुसी)का २ बिरामीको सफल उपचार गरिएको छ । अस्पतालमा ३ जना ब्ल्याक फंगसबाट संक्रमित बिरामी रहेको टिचिङ अस्पतालका डाक्टर निरज बमले जानकारी दिएका छन् । दुवै संंक्रमितको १० दिनको अवधिमा शल्यक्रिया गरिएको हो । अर्का एक जनाको भने अवस्था चिन्ताजनक रहेकाले शल्यक्रिय...

खुट्टाको पैताला पोल्ने समस्या छ भने अप्नाउनुहोस् यी घरेलु उपचार

काठमाडौं । राति सुत्दा कोही(कोहीलाई पैतला भतभत पोल्ने समस्याले सताउँछ। धेरैले यस समस्यालाई गम्भीरतापूर्वक लिँदैनन्। आफैँ निको हुन्छ भनी ठान्छन् । तर, यस्तो समस्या भएमा लापरबाही गर्नु हुँदैन । यसले शरीरका बाँकी भागमा पनि समस्या उत्पन्न गर्न सक्छ । कारणहरु : शरीरमा भिटामिन ‘बी’, फोलिक एसिड वा क्याल्सियमको कमी...

भिटामिन ‘डी’को जथाभावी प्रयोग, पत्थरीदेखि मिर्गौला ड्यामेज गराउने चिकित्सकको चेतावनी

काठमाडौं उपत्यकाका अधिकांश औषधि पसलहरुमा अहिले सबैभन्दा बढी बिक्री हुने औषधि भनेको भिटामिन सी र भिटामिन डी हो । कोरोनासँग लड्न प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) बलियो बनाउने भन्दै अहिले भिटामिन सी र भिटामिन डीको अत्यधिक बिक्री, वितरण र प्रयोग भइरहेको छ । तर, चिकित्सकको सल्लाहबिना जथाभावी भिटामिन डीको प्रयोग...

भारतमा फैलिएको नयाँ कोभिड भाइरसलाई डब्ल्यूएचओद्वारा‘डेल्टा भेरिएन्ट’ नामाकरण

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा फैलिएको बी.१.६१७.२ कोरोना भाइरसको प्रकारलाई जनाउने ‘भेरिएन्ट’ लाई डेल्टा भेरिएन्टका रूपमा पहिचान गराएको छ । भाइरसको नाम उच्चारण सजिलो बनाउन नसक्दा यसलाई सञ्चारमाध्यम तथा जनमानसले भारतीय भेरिएन्टका नामले चिन्दै आएका थिए । डब्ल्यूएचओले सोमबार आफ्नो एक विशेषज्ञ समूहसँगको...

चीनबाट ८ लाख डोज खोप भोलिसम्म आउने

चीनले नेपाललाई दिने घोषणा गरेको १० लाख डोज खोपमध्ये ८ लाख खोप भोलि (मंगलबार)सम्म नेपालमा आइपुग्ने सरकारी अधिकारीले बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गत २६ मेमा राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङबीच भएको टेलिफोन वार्तामा चीनका राष्ट्रपति सीले नेपाललाई सहयोगस्वरूप ...

वीर अस्पताल अन्तर्राष्ट्रिय स्तरको बनाइने

भक्तपुर — चाँगुनारायण नगरपालिकाको दुवाकोटमा निर्माण प्रस्ताव गरिएको वीर अस्पतालको नयाँ भवन राष्ट्रिय गौरवको आयोजनाका रूपमा अन्तर्राष्ट्रियस्तरको बन्ने भएको छ । आर्थिक वर्ष २०७८/७९ मा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने र ३ वर्षभित्र निर्माण सम्पन्न गरिने अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमार्फत जा...

अक्सिजन स्याचुरेसन लेभल भन्नाले के बुझिन्छ? र श्वासप्रस्वासका व्यायाम के – के?

अक्सिजन लेभल र कोरोनको सम्बन्ध विश्वमा हाल कोरोना भाइरसको संक्रमण तिब्र गतिले फैलँदैछ। नेपालमा पनि कोरोना संक्रमणको दोस्रो लहरसँगै संक्रमित बिरामीहरूको संख्या दिनानुदिन बढ्दोछ। यससँगै बिरामीहरुमा श्वास फेर्न गाह्रो हुने, शरीरमा "Oxygen saturation level" घट्ने जस्ता लक्षणहरू साधारण रूपमा देखिन थालेको छ। अक्सिजन...

टेलिमेडिसिनबाटै पनि निको हुनसक्छ कोरोना

वर्षौंदेखि बिरामीको उपचारमा टेलिमेडिसिन सेवा प्रदान गरिरहेको धुलिखेल अस्पताल र आस्क फाउण्डेसनले कोरोना सङ्क्रमितको उपचारमा पनि यो विधि अँगालेका छन् । काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ७ का कृष्णचन्द्र श्रेष्ठलाई कोरोना संक्रमण भएपछि धुलिखेल अस्पतालले घरै बस्न अनुरोध गर्‍यो। श्रेष्ठको स्वास्थ्यमा ...

के तपाई तनाव कम गर्न चाहानु हुन्छ ?

आजकल सबैले आफूमा धेरै महसुस गर्ने विषय नै तनाव हो। आफूमा तनाव छ र त्यसलाई व्यवस्थापन गर्नुपर्छ भन्ने पनि सबैलाई थाहा छ। तर, व्यवस्थापन हुन सकेको छैन भनेर धेरैले सुनाउने गर्छन्। काेराेना नियन्त्रणका लागी सरकारले जारी गरेकाे निषाेधाज्ञाले पनि मान्छेलाई एक्लाे महसुस गरेकाे छ । यसले पनि मान्छेलाई तनाव निम्त्याउछ । त...

‘दि भ्वाइस अफ नेपाल’का दीप श्रेष्ठलाई कोरोना संक्रमण, अस्पतालमा उपचार हुँदै

गायक तथा ‘दि भ्वाइस अफ नेपाल’का निर्णायक दीप श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि अस्पताल भर्ना भएका श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको भ्वाइस अफ नेपालका अर्का निर्णायक प्रमोद खरेलले जानकारी दिएका छन् । साथै, ‘द भ्वाइस अफ नेपाल’को आधिकारिक फेसबुक पेजमा पनि गायक दीप श्रेष्...