३ हजार २२६ नमूना परीक्षणमा ८ हजार ६०७ जनामा कोरोना संक्रमण, १७७ को मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा ८ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। परीक्षण गराएका २३ हजार २२६ नमूनामध्ये ८ हजार ६०७ जनामा कोरोना संक्रमण देखिएको हो। २२ हजार ३५३ जनाको पीसीआर विधिबाट र ८७३ जनाको एन्टिजेन परीक्षण गराउँदा ८ हजार ६०७ जनामा संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको छ। यस्तै पछिल्लो २...

कोभिड नेपालः कोरोना बिरामीका आँखा बिगार्ने घातक कालो ढुसीको सङ्क्रमण देखियो, कसरी जोगिने ?

-गनी अन्सारी कोभिड-१९ भएका बिरामीमा आँखा बिगार्ने म्यूकोर्माइकोसिस अर्थात् एक प्रकारको खतरनाक ढुसीको सङ्क्रमण नेपालमा पनि फाट्टफुट्ट देखा परेको स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीवार बीबीसीसित भने, "नेपालमा पनि फाट्टफुट्ट देखिएको छ। अहिल...

मुलुकभर ८ हजार १७३ जना नयाँ कोरोना संक्रमित थपिए, २४६ को मृत्यु

काठमाडौं । पछिल्लो समय नेपालमा दोस्रो लहरको कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर ८ हजार १७३ जना नयाँ कोरोना संक्रमितहरु थपिएका छन् । त्यस्तै, २ सय ४६ जना संक्रमितको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ, पछिल्लो २४ घन्टामा कोरोनाबाट थप २...

भारतबाट तत्काल नेपालले कोरोना खोप पाउन असम्भव

काठमाडौं । नेपालले भारतमा उत्पादित कोरोना खोप प्राप्त गर्न अझै कम्तिमा ८ महिना कुर्नुपर्ने देखिएको छ । भारतले यो वर्षको अन्त्यसम्म कोरोना खोपको निर्यातमा लगाएको प्रतिबन्ध खुला नगर्ने खबर आइरहेका बेला त्यहाँको सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्यूटले एक विज्ञप्ति जारी गरी अहिले आफ्नो प्राथमिकता भारतीय...

‘योगसूत्र’र ध्यानको फाइदा

योगका आदिगुरु भगवान् शिवलाई मानिन्छ । योगका छरिएर रहेका आयामहरूलाई संकलित गरी प्रस्तुत गर्ने महर्षि पतञ्जलिले ‘योगसूत्र’ भन्ने पुस्तकमा भनेका छन् – योगश्चित्तवृत्ति निरोधः । अर्थात् चित्त वृत्तिको निरोध नै योग हो । यसबाट के बुझिन्छ भने योगको उद्देश्य चित्त वृत्तिहरूको निरोध हो । अर्थात् चित्त र वृत्तिलाई ठीक बाट...

कोभिड ग्रस्त नेपाललाई आपतकालीन सहयोगको खाँचो छ : डब्लूएचओ

कोरोना भाइरसबाट ग्रस्त नेपाललाई आपतकालीन सहयोगको खाँचो भएको विश्व स्वास्थ्य संगठन डब्लूएचओले बताएको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमा बोल्दै डब्लूएचओका प्रमुख डाक्टर टेड्रोस एडह्यानम गिब्रियससले दैनिक कोरोना संक्रमित बढिरहेको नेपाललाई आपतकालीन सहयोगको आवश्यकता भएको बताएका हुन् । भारतमा कोरोनाले चिन्ताजनक अ...

नेपालमा कोरोना: २४ घण्टामा २०३ संक्रमितको मृत्यु ,६ हजार १३५ ले जिते कोरोना

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा २०३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ४ हजार ६६९ पुगेको छ। मन्त्रालयका अनुसार ६ हजार १३५ जनाले भने २४ घण्टामा कोरोनालाई जितेका छन्। योसँगै नेपालमा निको हुनेको संख्या...

नयाँ भेरियन्टको कोरोना भाइरस हावाबाट पनि सर्ने, यसरी बच्नुहोस्

काठमाडौं । अनुशन्धानकर्ताहरुले नयाँ भेरियन्टको कोरोना भाइरस (कोभिड–१९) बारे सबै चकित हुने खुलासा गरेका छन् । उनीहरुले हावाबाट कोरोना सर्छ कि सर्दैन भन्ने एक वर्षदेखिको अनुशन्धान गरिरहेका थिए । यो विवाद अन्त्य गर्दै अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले कोरोना भाइरसको संक्रमण हावामार्फत समेत...

कुन पोजिशनले सुत्दा शरीरमा अक्सिजनको मात्रा बढाउन सकिन्छ र यों कति उपयोगी छ ?

कोरोना संक्रमण वढेसँगै त्यसबाट बच्नका लागि वा रोकथामको लागि विभिन्न उपाय खोज्न थालिएको छ । यसमा आधुनिक तौरतरिकादेखि प्राचिन विधीहरुसम्म छन् । जस्तो कि शरीरमा अक्सिजनको मात्रा कायम राख्ने, प्रोन पोजिशन । शरीरमा अक्सिजनको मात्रा कम भएमा यस किसिमको पोजिशन अपनाउन सकिने बताइएको छ । के हो प्रोन पोजिशन ? जुन हिसा...

कोरोना संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो नेपाली सेनाले व्यवस्थापन गरेको शवको आधारमा सो मृत्यु संख्या सार्वजनिक गरेको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार हजार ४६६ पुगेको छ । पछिल्लो केही दिनयता कोर...