पोर्चुगल : कोरोना बिरुद्धको भ्याक्सिनको दुबै डोज लगाएका प्रम सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण !

लिस्बन। कोरोना बिरुद्धको भ्याक्सिनको दुवै डोज लगाएका पोर्तुगाली प्रधानमन्त्री कार्यालयका एक कर्मचारीलाई कोरोना संक्रमण भएको छ। ति कर्मचारीले एक महिना अगाडी नै कोरोना बिरुद्धको भ्याक्सिनको दुबै डोज लगाएका थिए। नजिक सम्पर्कमा भएका आफ्ना कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि पोर्तुगाली प्रधामन्त्री एन्तोनियो क...

पोर्तुगाली प्रधामन्त्री एन्तोनियो कोस्ता आइसोलेशनमा !

लिस्बन। पोर्तुगाली प्रधामन्त्री एन्तोनियो कोस्ता आइसोलेशनमा बस्नुभएको छ। प्रधानमन्त्री कार्यालयका एक कर्मचारीलाई ३० जुनमा कोरोना संक्रमण भएपछि उहाँ आसोलेशनमा बस्नुभएको हो। प्रधानमन्त्री कोस्ता कोरोना संक्रमित ति कर्मचारीको सम्पर्कमा थिए। कोरोना परिक्षण गर्दा प्रधानमन्त्री कोस्ताको नतिजा नकारात्मक आएको...

तपाई ३३ बर्ष + हुनुभयो, तर Utente नम्बर / फेमिली डाक्टर वा रेसिडेन्सी कार्ड छैन भने कोरोनाको निशुल्क भ्याक्सिनको लागि के गर्ने ?

तपाई पोर्चुगलमा बस्नुहुन्छ र ३३ बर्ष + को हुनुहुन्छ भने कोरोनाको निशुल्क भ्याक्सिनको लागि अपोइण्टमेन्ट लिन सक्नुहुनेछ। Utente नम्बर / फेमिली डाक्टर वा रेसिडेन्सी कार्ड भएकाहरुले https://covid19.min-saude.pt/pedido-de-agendamento/ मा क्लिक गरेर अपोइण्टमेन्ट लिन सक्नुहुनेछ । Utente नम्बर / फेमिली डाक्टर वा रेसिड...

पोर्चुगल : के तपाई ३३ बर्ष पुग्नुभयो ? तपाई कोरोना भ्याक्सिनको लागि यसरि आबेदन दिन सक्नुहुन्छ !

लिस्बन। पोर्चुगल सरकारले ३३ बर्ष वा सो बढी उमेर समुहका नागरिकहरुको लागि कोरोना भ्याक्सिन लगाउन शुरु गरेको छ। उक्त उमेर समुहका व्यक्तिहरु स्वास्थ्य मन्त्रलायको अफिसियल वेव साइटमा गएर आफ्नो बिवरण भरि आफुलाई पायक पर्ने स्थानमा कोरोना भ्याक्सिन लगाउन सक्नेछन। एक साता अघि मात्रै स्वास्थ्य महानिर्देशनालयले ३७ बर...

एनआरएनए पोर्चुगल नर्थ क्षेत्रीय समिति गठन, महिला सहभागिता प्रायः शून्य !

लिस्बन । पोर्चुगलको उत्तरी क्षेत्रलाई आधार बनाएर गैर आवासीय नेपाली संघ पोर्चुगलको क्षेत्रीय तदर्थ समिति गठन गरेको छ । संघले उत्तरी क्षेत्रमा पर्ने पोर्तो, कोइम्ब्रा, भिलारियल आदि क्षेत्रलाई आधार बनाएर क्षेत्रीय समिति गठन गरेको हो। १५ सदस्य रहेको तदर्थ समितिमा जम्मा एक जना महिला मात्रै समावेश गरिएको छ। स...

पोर्चुगलमा धुम्रपानले एकै बर्षमा १३ हजार बढीको मृत्यु !

लिस्बन। पोर्चुगलमा धुम्रपानले एकै बर्षमा १३ हजार बढीको मृत्यु भएको डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ। सन् २०१९ मा मात्रै चुरोट र चुरोटजन्य बस्तुको सेवनबाट पोर्चुगलमा १३ हजार ५५९ जनाको मृत्यु भएको डरलाग्दो तथ्यांक स्वास्थ्य महानिर्देशनालयले सार्वजनिक गरेको छ। मृतकहरुमध्ये १ हजार ७ सय ७१ जनाको ज्यान ...

जर्मनीले पोर्चुगललाई रातो सूचीमा राख्यो: अब १४ दिनको क्वारेण्टिन अनिवार्य !

लिस्बन। पोर्चुगलमा कोरोना संक्रमितहरुको संख्या आकाशिएसंगै जर्मनीले रातो सूचीमा राखेको छ। जर्मनीको यो निर्णयसंगै पोर्चुगलबाट जर्मनी यात्रा गर्ने हरेक यात्रुले अब देखि १४ दिनको अनिवार्य क्वारेण्टिनमा बस्नुपर्नेछ। जर्मन सरकारको यो नियम आउदो मंगलवारबाट लागु हुनेछ। पोर्चुगलमा डेल्टा भेरियन्टका संक्रमितह...

लिस्बन र अल्बुफ़ेइरा रेडजोनमा गएसंगै लकडाउन लागु , थप २५ नगरपालिका कोरोनाको उच्च जोखिममा !

लिस्बन। सरकारले लिस्बन र अल्बुफ़ेइरा रेडजोनमा गएसंगै सरकारले लकडाउन लागु गरेको छ। यो संगै लकडाउन लगाईएका नगरपालिकाको संख्या ३ पुगेको छ। सरकारले कोरोनाको जोखिम र संक्रमणदरको आधारमा सिसेम्ब्रामा यसअघि नै निरन्तर लकडाउन लागु गर्दै आएको छ। त्यस्तै कोरोना संक्रमण दरको आधारमा सरकाले अन्य २५ नगरपालिकाहरूलाई उ...

पोर्चुगलमा आप्रवासीको संख्या हालसम्मकै उच्च : एकैबर्षमा ६ लाख ६२ हजार ९५ जनाले लिए रेसिडेन्सी !

लिस्बन। पोर्चुगलमा आप्रवासीको संख्या हालसम्मै उच्च रहेको विदेशी र सीमा सेवा सेफले जनाएको छ। सन् २०२० मा आवास अनुमति लिने बिदेशी आप्रवासीहरुको संख्या हालसम्मै उच्च रहेको सेफको तथ्यांकमा उल्लेख छ। सेफका अनुसार २०२० मा २०१९ को तुलनामा १२.२ प्रतिशतले वृद्धि भएको छ। सन् २०२० मा मात्रै पोर्चुगलमा ६ ला...

पोर्चुगलमा कोरोना भ्याक्सिन लगाउनेको पालो ३५ बर्ष उमेर समुहमा पुग्यो !

लिस्बन। पोर्चुगलमा स्वास्थ्य महानिर्देशनालयले ३५ बर्षभन्दा बढी उमेर समुहको हकमा कोरोना भ्याक्सिन आबेदन खुल्ला गरेको छ। स्वास्थ्य महानिर्देशनालयले आजदेखि सो उमेर समुहका लागि आबेदन खुला गरेको हो। ३५ बर्ष बढी उमेर समुहका नागरिकहरुले स्वास्थ्य महानिर्देशनालयको वेवसाइटमा आफ्नो तथ्याक भरेर खोपको लागि आबेदन दिन ...