कोरोना महामारीका कारण पोर्चुगलमा टुहुरा भए घरपालुवा जनावर !

लिस्बन। कोरोना महामारीका कारण पोर्चुगलमा करिब १६ हजारले ज्यान गुमाउदा उनीहरुले परिवारका सदस्य झैँ पालेका घरपालुवा जनावरहरु टुहुरा भएका छन्। टुहुरा भएका घरपालुवा जनावरहरुलाई नातागोता र घरपालुवा जनावर सम्बन्धी काम गर्ने संस्थाहरुलाई जिम्मा लगाउने काम भएको पोर्चुगिज लिग फर एनिमल राइट्स'का अध्यक्ष मारिया दो सेउले...

अनलाइन कक्षाका लागि पोर्चुगल सरकारले १ लाख १५ हजार बिद्यार्थीलाई निशुल्क ल्यापटप बाढ्यो, १० लाख बिद्यार्थीलाई ल्यापटप दिने लक्ष्य !

लिस्बन। पोर्चुगलमा कोरोना महामारीका कारण लकडाउनले बिद्यालय बन्द हुँदा अनलाइन कक्षा चलिरहेको छ। अनलाइन कक्षाहरु सुलभ गर्न सरकारले बिद्यार्थीहरुलाई चाहिने ल्यापटप र इन्टरनेट सेवा समेत वितरण सुरु गरेको छ। यो साता मात्रै देशभरका विभिन्न बिद्यालयका बिद्यार्थीहरुलाई १५ हजार थान ल्यापटप वितरण गरिने सरकारले जनाए...

नोकियाले पोर्चुगलमा ३०० जागिर खोल्दै !

लिस्बन। नोकियाले पोर्चुगलमा आफ्नो सेवा केन्द्र बिस्तार गर्दैछ, जसका लागि उसले ३०० जना बिज्ञहरुलाई रोजगार दिने बताएको छ। नोकिया कम्पनीले उक्त कार्यको लागि पोर्चुगल सरकारसंग सम्झौता गरिसकेको छ। नोकियाको सेवा केन्द्र लिस्बनको अमादोरामा स्थापना गरिने कम्पनीले जनाएको छ। उक्त सेवा केन्द्रबाट बित्त, भुक्ता...

पोर्चुगलमा बिना लाइसेन्स सवारी हाक्ने ६१० जना पक्राउ !

लिस्बन। पोर्चुगलमा बिना लाइसेन्स सवारी हाक्ने ६१० जनालाई प्रहरीले पक्राउ गरेको छ। यो तथ्यांक एक महिनामा पक्राउ पर्नेहरुको मात्रै हो। प्रहरीले सुरक्षा जाँचको क्रममा चेकजाँच गर्दा जनवरीमा मात्रै बिना लाइसेन्स सवारी हाक्ने ६१० जना पक्राउ परेका हुन्। यो संख्या अघिल्लो बर्षको तुलनामा ५६ प्रतिशतले बढी...

पहिलो चरणको अन्त्यमा प्रधानमन्त्री र राष्ट्रपति लगायतले लगाए कोरोना बिरुद्धको खोप !

लिस्बन। पोर्चुगलका प्रधानमन्त्री एन्तोनियो कोस्ताले कोरोना बिरुद्धको भ्याक्सिनको पहिलो डोज लगाएका छन्। उनले १५ फेव्रुअरीमा लिस्बनको हस्पिटल दास फोर्सस अर्मदासमा कोरोनाको खोप लगाएका हुन्। प्रधानमन्त्री कोस्ताको कार्यालयले उनले कोरोनाको दोश्रो डोजको लागि आफ्नो पालो कुर्ने बताएको छ। प्रधानमन्त्री क...

पोर्चुगलमा फायरफाइटरद्वारा फोहोर संकलन केन्द्रको ६ मिटर गहिरो खाडलबाट कुकुरको सकुशल उद्धार ( फोटोफिचर )

लिस्बन। पोर्चुगलको अर्कोस दे वल्देवेज़मा फायर फाइटरहरुले फोहोर संकलन केन्द्रबाट एक कुकुरको उद्धार गरेका छन्। अर्कोस दे वल्देवेज़को फोहोर संकलन केन्द्रको कम्प्याक्ट रुमबाट कुकुर भुकेको आवाज आएपछि त्यहाँका कर्मचारीले फायर फाइटर र प्रहरीलाई खबर गरेका थिए। शनिवार बिहानै करिब ८ बजेर ३० मिनेटमा प्रहरीले खबर पाएप...

कोरोना बिरुद्धको लडाईमा सहयोग गर्न फ्रान्स र लक्जमबर्गको मेडिकल टिम पोर्चुगल आइपुग्यो, प्रम कोस्ताद्वारा धन्यवाद व्यक्त !

लिस्बन। कोरोना बिरुद्धको लडाईमा सहयोग गर्न फ्रान्स र लक्जमबर्गको मेडिकल टिम आज पोर्चुगल आइपुगेको प्रधानमन्त्री एन्तोनियो कोस्ताले बताएका छन्। प्रधानमन्त्री कोस्ताले सहयोग गर्ने दुवै देशहरुलाई धन्यवाद समेत व्यक्त गरेका छन्। यसअघि जर्मनीले सहयोगको पहिलो चरणमा २६ जना डाक्टर, १५० शैया र ५० भेन्टिलेटर र म...

पोर्चुगलमा अग्नि नियन्त्रण कार्यालयमा पार्टी मनाउदा एकलाई कोरोना संक्रमण, १६ जना आइसोलेशनमा।

लिस्बन। पोर्चुगलमा एक अग्नि नियन्त्रण कार्यालयमा पार्टी मनाउदा एकलाई कोरोना संक्रमण भएको छ। पार्टीमा सहभागी अन्य १६ जना आइसोलेशनमा रहेका छन् । एस्पिन्होको अग्नि नियन्त्रण कार्यालयमा फेब्रुअरी ११ तारिख त्यहाका कर्मचारीहरुले क्याफ़ेटेरियामा अनधिकृत पार्टी मनाए। उनीहरुले मास्क पनि लगाएनन् र बढीमा ६ जना मात...

लिस्बन छिर्ने टोल चेकपोष्ट कार दुर्घटनामा एकको मृत्यु !

लिस्बन। कर्कवेलोस टोल चेकपोष्टमा कार दुर्घटना हुदा एकको ज्यान गएको छ। टोललाई छुट्याउन राखिएको पिलरमा कार ठोक्किदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटना भएको उक्त कारभित्र अन्दाजी ५०-६० बर्ष उमेर समुहका व्यक्ति एक्लै थिए। घटना आज शनिवार दिउसो करिब ३ बजेतिरको हो। दुर्घटनास्थलमा उद्धार र उपचारक...

पोर्चुगलमा सेफद्वारा रेसिडेन्सीका लागि १५ फेब्रुअरी, २०२१ देखिका सबै पूर्वनिर्धारित अपोइण्टमेन्टहरु रद्ध , अब के गर्ने ?

लिस्बन। कोरोना भाइरस महामारीका कारण सीमा तथा विदेशी हेर्ने निकाय सेफले १५ फेब्रुअरी, २०२१ देखिका सबै पूर्वनिर्धारित अपोइण्टमेन्टहरु रद्ध गरेको छ। सेफले आज एक सूचना प्रकाशित गर्दै निर्णय नम्बर 1689 - B / 2021 का अनुसार सो निर्णय गरेको जनाएको छ। सेफले कोरोना महामारीका कारण आफ्ना सार्वजनिक सेवा अस्थायी रुपमा बन्...